Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
विज्ञापन
Advertisement

 काठमाडाैं। झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँबाट आज एक जनालाई पक्राउ गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने वर्ष ४२ का दीपेन्द्र अग्रवाल रहेका छन् । अनुसन्धानमा ४९ लाख बढीको शेयरमा झुटो कारोबार गरेको पाइएपछि आजै पक्राउ अनुमति लिई उनलाई आजै पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी दीपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गरी धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९७ ९ग० बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेको पाइएको छ ।

उनले उच्च मूल्यमा शेयर बिक्री गरी करिब रु ४९ लाख १९ हजार ८६५ कानुन विपरीत नाफा आर्जन गरेको पाइएको सिआइबीले जनाएको छ । अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिद–बिक्री तथा आफन्त÷सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको सिआइबीले जनाएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसुर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अग्रवाललाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

अग्रवाललाई आजै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरी खोजतलासका क्रममा काठमाडौँ महानगरपालिका ४ चुनदेवीबाट आजै पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको सिआइबीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit