Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

६ अर्ब बढी लगानी भएको कुइन टावर नामकरण गरिएको ‘होटल बन्दीपुर हिल’ अन्तिम चरणमा

६ अर्ब बढी लगानी भएको कुइन टावर नामकरण गरिएको ‘होटल बन्दीपुर हिल’ अन्तिम चरणमा
विज्ञापन
Advertisement

काठमाडौं । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ । सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ । त्यसैगरी, बजार क्षेत्रलाई हेर्न सकिन्छ, जुन पर्यटकका लागि पृथक र रोचक अनुभव हुनसक्ने बताइएको छ ।

बन्दीपुर हिलले प्याकेजका रूपमा र्याफ्टिङ, रकक्लाइमिङ, जीपलाइन स्काइसाइक्लिङलगायत साहसी खेलको गन्तव्यका रूपमा विकास गर्न लागेको बन्दीपुर हिलका महाप्रबन्धक रोमनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस होटलमा ८० कोठा रहने छन् । परियोजनाले तल्लो स्टेशनमा तीन अर्ब ८३ करोड रुपैयाँ लगानी गरिसकेको छ । परियोजनाको कुल लागत छ सय २९ करोडमध्ये करिब चार सय ३३ करोड बराबरको काम सम्पन्न गरिसकेको बताइएको छ ।

‘साहसिक खेलका साथै खड्गदेवी मन्दिरको दर्शन गर्न सकिन्छ, बन्दीपुरमा घुम्न आउने पर्यटकले पृथक अनुभव लिन सक्नेछन्’, महाप्रबन्धक श्रेष्ठले भने, ‘रेशमी खेती, मौरीपालनसँगै समुदायको विकासका लागि बन्दीपुर हिललाई सामूहिक उद्यमी क्षेत्रमा नमूना बनाइँदैछ ।’

बन्दीपुर–४ ठुलढुङ्गास्थित केबलकारको तल्लो स्टेशन ८० रोपनी क्षेत्रफलमा होटलसहितका मनमोहक उद्यान निर्माण गरिएको छ, जुन पृथ्वीराजमार्ग सडक छेउमा रहेको छ । एक हजार छ सय १६ मिटर लामो केबलकार करिब सात मिनेटमा पार हुने छ । केबलकार यात्राको क्रममा तल्लो स्टेशनबाट माथिल्लो स्टेशनतर्फ जाँदै गर्दा ९० डिग्रीको कोणमा आकाशतर्फ उडिरहेको आभास गर्न सकिन्छ । केबलकार सञ्चालनको पहिलो वर्ष कम्पनीको विशेष अफरमा पाँच सय रुपैयाँमा आवतजावत गर्न सकिने छ ।

अन्य दिनमा आठ सयदेखि नौ सय र बिदाका दिनमा एक हजारदेखि एक हजार दुई सय जनासम्मले केबलकारको यात्रा गर्ने गरेका छन् । बन्दीपुर हिलमा हाल एक सय २० जना कर्मचारी कार्यरत छन् । यस परियोजनालाई नेपालकै गौरवको रुपमा लिइएको छ । नेपालकै पहिलो टियूभी प्रमाणपत्र प्राप्त गरिसकेको छ । टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरीवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो ।

विसं २०८१ जेठ ३१ गतेबाट व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याइएको हो । बच्चादेखि ज्येष्ठ नागरिकसम्मका लागि लक्षित गरी परियोजना बनेको सो कम्पनीले जनाएको छ । ‘लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, (टियुभी सर्टिफिकेट) प्राप्त भएको छ । कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएर पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालनमा ल्याएका हौँ,’श्रेष्ठले भने ।

वर्षको एक दिन महाअष्टमीका दिनमात्र सर्वसाधारणका लागि खुला हुने बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिरमा अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । यसअघि नै केबलकारको तल्लो स्टेसनमा अत्याधुनिक सुविधासहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा ल्याइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकलाई अन्तरराष्ट्रियस्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले वैशाख १ गतेदेखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा ल्याइएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

त्यस्तै तल्लो स्टेशनमा जङ्गली म्युजियम, चिल्ड्रेन जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा ल्याइएको छ । समग्र बन्दीपुर हिल गुरुयोजना अनुसारका सबै संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेको सो परियोजनाले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit