Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एकैदिन भयो चार नेपाली चलचित्रको छायाङ्कन

एकैदिन भयो चार नेपाली चलचित्रको छायाङ्कन
विज्ञापन
Advertisement

काठमाडौं ।  महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहूर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगतमा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

फिल्म निर्माता तथा निर्देशकका अनुसार आज ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायाङ्कन सुरु भएको छ । अभिनेता बुद्धि तामाङ निर्माता रहेको चलचित्र ‘कुस्ती’को छायाङ्कन काठमाडौंबाट सुरु भएको छ । सो चलचित्रको मुहूर्त गरेसँगै अभिनेता धीरज मगर, पुष्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरु गरिएको अभिनेता तामाङले बताए ।

आ–आफ्नो स्वभावले एकैसाथ रहन कठिनाइको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’मा देख्न पाइने चलचित्रका लेखक तथा निर्देशक अनिल योञ्जन बताउँछन् ।

चलचित्रमा अभिनेता धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुष्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्दै छन् ।
यस्तै, आजै मुहूर्त गरिएको चलचित्र ‘हर्ष’ को छायाङ्कन आउँदो सातादेखि चितवनमा हुने निर्देशक एकता पौडेलले जानकारी दिए । न्युयोर्क फिल्म एकेडेमीबाट चलचित्र सम्बन्धी अध्ययन गरेर चलचित्र निर्माणमा जुटेकी निर्देशक पौडेलले ३५ दिनको तालिका बनाएर छायाङ्कन सुरु गरिने बताए ।

यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा लगायत कलाकारले अभिनय गर्नेछन् । ‘ यसैगरी, माग्ने बुढो’को उपनामले परिचित कलाकार केदार घिमिरेको शीर्ष भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को मुहूर्त गर्दै आजदेखि नै काभ्रेबाट छायाङ्कन सुरु गरिएको छ । काभ्रेमा १० दिन र बाँकी छायाङ्कन काठमाडौंमा गरिने लेखक समीप्याराज तिमल्सेनाले जानकारी दिए ।

किशोर अनुरागको निर्माण र ‘पूर्णबहादुरको सारङ्गी’का सरोज पौडेलको निर्देशनमा ‘कोशेढुङ्गा’ को पनि आज छायाङ्कन सुरु भएको छ । किशोर अनुराग र प्रेविल कँडेलले निर्माण गर्ने सो चलचित्रको कार्यकारी निर्माताको भूमिकामा दिनेश खड्का छन् । चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा आज च्यासलस्थित सेटमा मुहूर्त सटसँगै सो चलचित्रको छायाङ्कन सुरु भएको निर्माता अनुरागले जानकारी दिए ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईँ, सिरु विष्ट, उद्धव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतले अभिनय गर्ने छन् । चलचित्रमा निर्माता अनुरागले ‘क्रिएटिभ डाइरेक्टर’को भूमिकासमेत निर्वाह गर्नुहुने बताइएको छ । “दर्शकको अपेक्षा बढेको मैले महसुस गरेको छ, सोहीअनुसार विषयवस्तु तयार गरेको छु । दर्शकको मन छुने चलचित्र तयार गर्न कुनै सम्झौता गर्ने छैन”, निर्देशक पौडेलले भने ।

महिला प्रधान रहने यस चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहने छ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको उक्त चलचित्रमा बाबु श्रेष्ठको ‘डिओपी’ र सुरेन्द्र पौडेलको सम्पादन रहने छ । रिदम कँडेल र आशिष अविरलको सङ्गीत रहने सो चलचित्रमा ‘कास्टिङ डिरेक्टर’ को भूमिका सुवलमणि सापकोटाको हुनेछ । निर्देशक पौडेलका अनुसार कोशेढुङ्गा चलचित्र २०८२ सालमा ‘रिलिज’ हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit