Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

विदेशी मुद्राको सञ्चिति बढेर २३ खर्ब पुग्यो, ६ महिनाकाे आयात धान्न पुग्ने

विदेशी मुद्राको सञ्चिति बढेर २३ खर्ब पुग्यो, ६ महिनाकाे आयात धान्न पुग्ने
विज्ञापन
Advertisement

काठमाडाैँ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा मुलुकको विदेशी मुद्राको सञ्चिति बढेर २३ खर्बमाथि पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिनामा १३.५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २०७२ अर्ब ३४ करोड पुगेको बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई २४४ अर्ब ५० करोड कायम भएको छ । २०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१\८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit