Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

भोजपुरमा ३५ करोड बढीको सुन्तला उत्पादन

भोजपुरमा ३५ करोड बढीको सुन्तला उत्पादन
विज्ञापन
Advertisement

काठमाडौँ ।  भोजपुर जिल्लाबाट यस वर्ष ३५ करोड २८ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको छ। चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

९५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए। हालसम्म जिल्लाबाट ३५ करोड २८ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको तथ्यांक रहेको प्रमुख यादवले बताए। ‘जिल्लाबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात भएको छ । यहाँको सात सय ९० हेक्टर क्षेत्रमा विस्तार भएको सुन्तलाले उत्पादन दिने गरेको छ। आगामी दिनमा यहाँबाट निर्यात हुने सुन्तलाको परिमाण अझ बढ्ने देखिन्छ, ’ प्रमुख यादवले भने ।

किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्न कार्यालयले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ। किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रूपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरणलगायत काम गर्दै आएको प्रमुख यादवले बताए । सुन्तलाखेती यहाँका किसानको राम्रो आम्दानीको स्रोत बन्दै आएको यादवको भनाइ छ। ‘पछिल्लो समय भोजपुरका किसान सुन्तलाखेतीतर्फ आकर्षित भएका छन् । ‘सुन्तलाखेतीमा जुटेका किसानलाई आवश्यक तालिमसँगै प्रविधिक सहयोग पनि गर्दै आएका छौँ। बर्सेनी यहाँ खेती विस्तारको क्षेत्र बढी रहेको अवस्था छ।’

जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ। बढीमात्रामा सुन्तला उत्पादन हुने भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सुन्तला पकेट क्षेत्र विस्तार गरिएको छ। विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकको पहुँच विस्तारसँगै बाहिरको जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाउने गरेका छन्।

यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत सहरमा जाने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ। भोजपुरमा गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला निर्यात भएको कार्यालयको भनाइ छ। गत वर्षको तुलना यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit