Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्काशनमा

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्काशनमा
विज्ञापन
Advertisement

काठमाडाैं । अत्यधिक आवेदन परेपछि १७ लाख १६ हजार ४७७ भन्दा धेरै आवेदकको हात खाली हुने भएको छ। कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १।२७ गुणा बढी आवेदन परेको छ। नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो, जसमा आवेदन दिने अन्तिम मिति फागुन १५ गते तोकिएको थियो। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार साँझ ५ बजेर ७ मिनेटसम्ममा १९ लाख ९७७ जनाले आवेदन दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सर्वसाधारणले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता बराबरको आवेदन दिएका छन्, जुन कम्पनीले निष्काशन गरेको शेयरभन्दा धेरै गुणा बढी हो। यसले गर्दा गोलाप्रथाबाट मात्र १८ लाख ४५ हजार भाग्यशाली आवेदकलाई शेयर प्राप्त हुनेछ भने बाँकी १७ लाखभन्दा बढी आवेदकले कुनै पनि शेयर नपाउनेछन्। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ मार्फत निष्काशन गर्ने अनुमति पाएको थियो।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता कर्मचारीका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याइएको थियो। यी शेयरहरू बाँडफाँट भइसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता शेयर मात्रै उपलब्ध गराइएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit