Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

दोहोरो अंकले घट्यो नेप्से, किन देखिएन शेयर बजारमा लगानीकर्ताको आत्मविश्वास?

दोहोरो अंकले घट्यो नेप्से, किन देखिएन शेयर बजारमा लगानीकर्ताको आत्मविश्वास?
विज्ञापन
Advertisement

काठमाडाैं । साताको पहिलो कारोबारमा आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर २ हजार ६१०.६३ विन्दुमा आइपुगेको छ । नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन धितोपत्र रऋणपत्रगरी कारोबारमा आएका ३२३ कम्पनीको १० करोड २७ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब १ करोड ७५ लाख रुपैयाँको कारोार भएको छ । सर्वाधिक कारोबार हुने एसवाई प्यानेल नेपाल,श्रीनगर एग्रिटिच,बन्दीपुर केबलकार एण्ड टुरिजम, एनआईसी एशिया बैंक,सागर डिस्टलरीको १८ करोड ९२ हजार रुपैयाँदेखि ३० करोड ६५ लाख रुपैयाँसम्मको कारोबार भएको छ।

सर्वाधिक बढ्ने कम्पनीमा वेन नेपाल लघुवित्त वित्तीय संस्था,श्रीनगर एग्रीटिच इन्ड्रटिज,सान्भि इनर्जी,सागर डिस्टिलरी,युनाइटेड इदी मार्दी आरबी हाइड्रोको शेयर मूल्य७.७० प्रतिशतदेखि १० प्रतिशतसम्मले बढ्यो ।

न्यादी हाइड्रो पावर,नेपाल हाइड्रो डेप्लोपर्स,सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था,नेपाल दूरसंचार कम्पनी र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ४.०४ प्रतिशतदेखि ३.३२ प्रतिशतसम्मले घटेको छ । पछिल्लो समय निर्वाचनको माहोला बढ्दै जानुपर्ने समयमा लगानीकर्ताहरुको मनोबल अझै बढ्न सकेको छैन । लाभांश बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भए पनि लगानीको वातावरण नबन्न लगानीकर्ता निराश छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit