images images images
images images images
images
images
images

शेयर बजारमा दोहोरो अंकले बढ्यो, पाँच अर्ब नाघ्यो कारोबार

images

 काठमाडाैं । साताको पहिलो कारोबार आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । यो दिन नेप्से परिसूचक १९.२७ अंकले बढेर दुईहजार ६७४.२० विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।

धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका १ करोड ३१ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ ।

images
images

सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी, अपि पावर कम्पनी, मन्जुश्री फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी,एसवाईप्यानेल नेपालको २२ करोड १० लाख रुपैयाँदेखि ३६ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

यो दिन साल्पा विकास बैंक, रिलायन्स स्पेनिङ मिल्स, बाराही हाइड्रोपावर पब्लिक, एनआईबीएल ग्रोथ, गूडवेल फाइनान्सका शेयर मूल्य ३.६२ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मले बढेको छ ।
त्यस्तै हिमस्टार उर्जा कम्पनी,कर्पोरेट डेभलपमेन्ट बैंक,मेगा म्यूचुअल फण्ड, मोलुङ हाइड्रो पावर कम्पनी, वेन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २.२३ प्रतिशतदेखि ४.१६ प्रतिशतसम्मले घटेको छ ।

यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको सूचक २.२२ प्रतिशतले बढ्दा टे«डिङ समूह, अन्य समूह र टेडिङ समूहको सूचक १.१२ प्रतिशतले बढ्दा अन्य समूहको सूचक हरियाली बनेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्