Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

कुचो संघले दोस्रो राष्ट्रिय अधिवेशन झापामा गर्ने

कुचो संघले दोस्रो राष्ट्रिय अधिवेशन झापामा गर्ने
विज्ञापन
Advertisement

काठमाडौँ। नेपाल कुचो संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ । सभाले संघको दोस्रो राष्ट्रिय अधिवेशन झापामा गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष राजकुमार कार्कीले संघको आगामी गतिविधिको बारेमा जानकारी गराए । सोही क्रममा कार्कीले छिट्टै संघको दोस्रो राष्ट्रिय अधिवेशन झापाको धुलाबारीमा आयोजना गर्ने योजना सार्वजनिक गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

शनिबार ललितपुरको गोदावरीमा संघका सभापति कार्कीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा कृषि उद्योग केन्द्रका सभापति डि. बी. बस्नेतले कुचो संघले भविष्यमा उठाएका महत्वपूर्ण मुद्दामा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईं र नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय सदस्य टंक कट्टेलले कुचो संघले छोटो समयमै व्यवसायी र उद्यमीहरूको समस्यामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

संघका सदस्यहरू शुरेश चौधरी र प्रदीप वाइबाले संघको उद्देश्य र कार्यप्रतिबारे प्रष्ट पारे । महासचिव धनपति पोखरेल र कोषाध्यक्ष रुष्मा खतिवडाले प्रस्तुत गरेको प्रतिवेदनलाई साधारण सभाले पारित गर्यो। सभाले कुचो संघको भूमिका र भविष्यको योजनालाई अझ स्पष्ट बनाएको बताइएको छ । सो अवसरमा ४० वर्षदेखि कुचो उत्पादन सँगै कृषि कर्म गर्दै आएका वीरगञ्जका व्यवसायी राधाकृष्ण शाहलाई संघले सम्मानित गरेको थियो।

कार्यक्रमको अन्त्यमा संघले आयोजना गरेको बनभोज कार्यक्रमको उद्घाटन हस्तनिर्मीत कुचोको डिजाईन देखाएर गरिएको आयोजकले जनाएको छ । आगामी दिनमा व्यवसायी र उद्यमीहरूको लागि थप सहकार्य र सहयोगको अवसर सिर्जना गर्ने संघले उल्लेख गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit