Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३० प्रतिशत मात्रै धान रोपाइँ

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३० प्रतिशत मात्रै धान रोपाइँ
विज्ञापन
Advertisement

नेपालगन्ज ।  पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म करिब ३० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। अधिकांश किसान सिँचाइ सुविधाको अभावमा आकाशे पानीको भर पर्न बाध्य हुँदा यस वर्ष रोपाइँ प्रभावित भएको हो।

विज्ञापन
Advertisement
Advertisement

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका केही क्षेत्रमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरेर रोपाइँ भए पनि नेपालगन्ज र खजुरालगायत अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँ गर्न सकेका छैनन्।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले असारको दोस्रो सातादेखि सुरु भएको रोपाइँ अझै जारी रहेको जानकारी दिइन्। उनका अनुसार हालसम्म भएको अधिकांश रोपाइँ सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरेर गरिएको हो।

जिल्लामा ५५ हजार ८२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ७८० हेक्टरमा धान खेती हुँदै आएको छ। हाल कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार मसिनो र मध्यम जातका धानमा ढिलो वर्षाले असर परे पनि मोटो धानका लागि भने केही ढिलो रोपाइँ हुँदा खास समस्या हुँदैन। बाँकेमा परम्पराअनुसार भदौको पहिलो सातासम्म धान रोप्ने चलन रहेकाले हालको अवस्था सन्तोषजनक मानिएको छ।

खजुराका कृषक शरण कर्माचार्यका अनुसार केही स्थानमा खेतमा पानी भए पनि बीउ पर्याप्त ठूलो नभएकाले किसानले अझै रोपाइँ सुरु गर्न सकेका छैनन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit