
काठमाडौँ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीमा रहेको हालको चुक्ता पूँजी कूल २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ नगद लाभांश दिने जनाएको छ ।
यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछिमात्र सेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्