Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

स्वरोजगार लघुवित्तले बाँडफाँट गर्यो एफपीओ

स्वरोजगार लघुवित्तले बाँडफाँट गर्यो एफपीओ
विज्ञापन
Advertisement

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपीओ बाँडफाँट भएको छ। संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज एफपीओ बाँडफाँट भएको हो।

विज्ञापन
Advertisement
Advertisement

एफपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सेयरमा आवेदन दिएका मध्ये १९ हजार ५७७ जनाले गोलाप्रथामार्फत सेयर पाएका छन् ।

जसमा ३ जनाले ११ कित्ता र १९ हजार ५७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । १७ लाख ८० हजार ४५७ जना आवेदकले २ करोड १७ लाख १५ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए । सो मध्ये २ हजार ६६४ जना आवेदकको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

कम्पनीले फागुन १८ देखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको थियो ।

आवेदकले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, स्वरोजगार लघुवित्तको वेबसाइटबाट, सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयर मार्फत एफपीओको जानकारी लिन सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit