Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

११ अर्बको कारोबार भएको बजारमा गार्डियन माइक्रोको सेयर मूल्यमा सकारात्मक सर्किट

११ अर्बको कारोबार भएको बजारमा गार्डियन माइक्रोको सेयर मूल्यमा सकारात्मक सर्किट
विज्ञापन
Advertisement

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो (३.३५) अंकले बढेर २७५८.७५ विन्दुमा बन्द भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

एकल अंकको वृद्धि देखिएको परिसूचकमा सोमबार ११ अर्ब आठ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ९० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४५ कम्पनीको सेयर मूल्य घट्दा आज नौ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ८९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस्तै, नेपाल रिइन्स्योरेन्सको ८० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४४ करोड, घलेम्दी हाइड्रोपावरको ३८ करोड र सिइडीबी होल्डीङस्को ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit