Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सात प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै प्रधानमन्त्री ओली, थालेको काम सक्ने प्रतिवद्धता

सात प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै प्रधानमन्त्री ओली, थालेको काम सक्ने प्रतिवद्धता
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा भर्चुअल माध्यमबाट आज सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु का अवसरमा सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
विज्ञापन
Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।
तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी बनाइएको सोही एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सामाजिक सञ्जाल फेसबुकमा आज ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले विकास निर्माण र आयोजनाहरूको प्रगतिबारे सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिएका छन् । ‘हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिबारे सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ– थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।

उनले पूर्वाधार निर्माणसम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेको उल्लेख गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit