images images images
images images images
images
images
images

खानेपानी मन्त्रालयमा भएको आगलागी नियन्त्रणमा

images

काठमाडौँ ।  देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगो लागेको छ। शनिबार बिहान पौने नौ बजेतिर मन्त्रालयमा आगलागी भएको प्रहरीले जनाएको छ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेका अनुसार वारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ । भौतिक मन्त्रालय र खानेपानी मन्त्रालय जोडिएको भवनमा आगलागी भएको थियो । खानेपानी मन्त्रालयको भवनमा क्षति पुगेको छ । आगो तीनवटा कोठामा फैलिएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

images
images

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको जनाएको छ। आगलागीको कारण खुलेको छैन।

 

images
images

प्रतिक्रिया दिनुहोस्