Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

वित्तीय क्षेत्रमा राजीनामाको लहर, तीन ठूला सरकारी बैंक नेतृत्वविहीन

वित्तीय क्षेत्रमा राजीनामाको लहर, तीन ठूला सरकारी बैंक नेतृत्वविहीन
विज्ञापन
Advertisement

काठमाडौं । वर्तमान सरकारको निर्देशनपछि सरकारी स्वामित्व र मुख्य लगानी रहेका प्रमुख बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र सञ्चालकहरूले राजीनामा दिने प्रकृया तीव्र बनेको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई ‘मार्ग प्रशस्त’ गर्न सरकारले दिएको निर्देशनपछि प्रमुख सरकारी बैंक तथा वित्तीय संस्थाका पदाधिकारीले राजनीनामा बुझाएका हुन् ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा बुझाइएको राजीनामा अनुसार तीन ठुला सरकारी बैंकका अध्यक्षहरू पदमुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालसहित सञ्चालक समिति सदस्यहरू लक्ष्मण घिमिरे, डा.रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती,डा. सूर्यबहादुर राणा र हरिकुमार सिलवालले राजीनामा दिइसकेका छन् । सबै सदस्य बाहिरिएसँगै बैंकको सञ्चालक समिति नै रित्तिएको छ।

यसैगरी, नेपाल बैंकका अध्यक्ष प्रा.डा.डिल्लीराज शर्मासँगै सञ्चालक समिति सदस्यद्वय साधना घिमिरे र माया आचार्य पनि बाहिरिएका छन् । कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले पनि राजीनामा बुझाइसकेका छन्।

बैंकहरू मात्र नभई अन्य महत्त्वपूर्ण कोष र संस्थानका प्रमुखहरूलाई पनि सरकारले पदमुक्त गरेको छ । नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरे, कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सञ्चालक हेमन्तराज रमाली पनि पदमुक्त भएका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पनि नियुक्तिको १ वर्ष नपुग्दै अर्थ मन्त्रालयमा राजीनामा बुझाएसकेका छन् ।

सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेर विभिन्न निकायका १ हजार ५९४ जना राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई एकैसाथ पदमुक्त गरेको थियो।

त्यतिबेला नेपाल राष्ट्र बैंक र सरकारी बैंकका पदाधिकारीहरू कानुनी रुपमा जोगिएका थिए । तर, पछिल्लो समय अर्थ मन्त्रालयमार्फत सरकारलाई काम गर्न सहज हुने गरी ठाउँ खाली गरिदिन भनेर दबाब बढेपछि उनीहरूले राजीनामा दिएका हुन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit