Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

‘एलएस होराइजन १२’ मा लगानीकर्ताको ओइरो, मागभन्दा बढी आवेदन परेर बन्द

‘एलएस होराइजन १२’ मा लगानीकर्ताको ओइरो, मागभन्दा बढी आवेदन परेर बन्द
विज्ञापन
Advertisement

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको नयाँ म्युचुअल फन्ड ‘एलएस होराइजन १२’ मा लगानीकर्ताको व्यापक आकर्षण देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

निष्कासन गरिएको छोटो अवधिमै मागभन्दा अत्यधिक आवेदन परेपछि योजनाको इकाई बिक्री आवेदन (निर्धारित समयभन्दा अगावै) आजदेखि बन्द गरिएको कम्पनीले जनाएको छ।

लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको यस बन्दमुखी सामूहिक लगानी योजना (म्युचुअल फन्ड) को कुल १२ करोड इकाई बिक्रीका लागि गत वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन खुला गरिएको थियो। निष्कासन खुला भएको मात्र ६ दिनभित्रै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकमको आवेदन परेपछि योजना व्यवस्थापकले आवेदन प्रक्रिया बन्द गर्ने निर्णय गरेको हो।

लगानीकर्ताहरूका लागि यस योजनामा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका आस्वा सेवा केन्द्रमार्फत देशभरिबाट आवेदन संकलन गरिएको हो।

कम्पनीका अनुसार छोटो अवधिमै योजनाप्रति देखिएको यो उत्साहजनक सहभागिताले नेपाली पूँजी बजारप्रति लगानीकर्ताहरूको विश्वास अझ मजबुत बन्दै गएको संकेत गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit