Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लीपमोटरले सार्वजनिक गर्यो ‘स्मार्ट ईभी’

लीपमोटरले सार्वजनिक गर्यो ‘स्मार्ट ईभी’
विज्ञापन
Advertisement

काठमाडौँ । लीपमोटरले स्मार्ट ड्राइभिङ प्रविधिसहितको नयाँ विद्युतीय सवारी (ईभी) सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरेको सवारीको मूल्य १ लाख ५० हजार युआन (२०,५३५ डलर) भन्दा कम राखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो घोषणा बीवाईडीले यस्ता स्मार्ट ईभीको मूल्य घटाएको भोलिपल्ट गरिएको छ । लीपमोटरले आफ्नो बी टेन मोडेलको गाडी प्रारम्भिक बिक्री मार्च १० देखि सुरू गर्ने जनाएको छ । यो कम्पनीको पहिलो ईभी हो, जुन लिडार (एउटा दूरसंवेदन प्रविधि जसले लेजर प्रयोग गरेर दूरी मापन गर्छ र पृथ्वीको सतहको थ्रीडी मोडेल सिर्जना गर्छ) र सहरी ट्राफिक स्मार्ट ड्राइभिङ क्षमतासहित आउनेछ ।

चीनको बीवाईडीले सोमबार अधिकांश मोडेलहरूमा उन्नत स्वचालित ड्राइभिङ सुविधाहरू समावेश गर्ने घोषणा गरेको थियो । जसमा केही मोडेलहरूको मूल्य ९ हजार ५ सय ५५ जति कम गरिएको छ । बीवाईडीको यो रणनीतिले टेस्लाजस्ता ठूला प्रतिस्पर्धीहरूलाई चुनौती दिनेछ र ईभी बजारमा नयाँ मूल्य युद्ध सुरु गर्ने आँकलन गरिएको छ ।

लीपमोटर स्टेलान्टिसको चिनियाँ साझेदार हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit