Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘एचपिभी’ खोपस्थलमा भएको कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन

‘एचपिभी’ खोपस्थलमा भएको कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन
विज्ञापन
Advertisement

काठमाडौँ।  जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महानगरभित्रै एउटा सामुदायिक विद्यालयको खोप केन्द्रमा खोप लगाउने क्रममा लापरवाही भएको जनाउँदै प्रशासनले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई सोमबार पत्र लेखेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा सञ्चालन भएको खोप कार्यक्रममा लापरवाही भएकाले सो खोप कार्यक्रम स्थगन गर्न पत्राचार गरेको छ ।

“विद्यालयको खोप कार्यक्रम स्थगन गरी नौबुँदे निर्देशनका विषय पूर्ण कार्यान्वयनको सुनिश्चितता गरी आगामी दिनमा यस्तो लापरवाही नहुने कुराको सुनिश्चितता गरेरमात्र खोप कार्यक्रम सञ्चालन गर्नु÷गराउनु हुन सूचित गरिएको छ”, प्रजिअद्वारा लेखेको पत्रमा भनिएको छ । खोप सञ्चालनपूर्व जिल्ला खोप समन्वय समितिको बैठकमा पूर्वतयारी लगायत विषयमा पनि छलफल भएको कुराको समेत ध्यानाकर्षण गराइएको छ ।

प्रजिअ नेतृत्वको अनुगमन टोलीले खोप लगाउने स्थानको सरसफाइमा ध्यान नदिएको, ‘सेफ्टी बक्स’को व्यवस्था नगरिएको र ‘भ्याक्सिङ केरियर’ तथा सिरिन्जसमेत फोहोर भुइँमै राखेर खोप लगाइएको कमजोरी औँल्याएको छ ।“ खोपस्थलमा न्यूनतम सावधानी, सरसफाइ, सुरक्षालगायत विषय उपेक्षित गरेको देखियो”, सो पत्रमा भनिएको छ, “आइसप्याकलगायत सामग्री, कटन तथा निडललगायत स्वास्थ्य उपकरणको उपयुक्त तवरले प्रबन्ध नपाइएको छ ।”

सो अनुगमनका क्रममा खोप सञ्चालनपूर्व काउन्सिलिङ तथा खोपपश्चात् आराम गर्ने स्थलको प्रबन्ध नगरिएको र सहभागी किशोरीको नाम दर्ताका क्रममा विद्यालयका विद्यार्थीलाई प्रयोग गरिएको जनाएको छ । पर्साका १४ वटै पालिकाका ३८ हजार पाँच सय ३७ जना किशोरीलाई एचपिभी खोप लगाउने कार्यक्रम छ ।

जिल्लामा सोमबारसम्म पहिलो चरणको खोप अभियान सम्पन्न भइसकेको छ । दोस्रो चरणको खोप अभियान भने माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने छ । सो अभियानअन्तर्गत महानगरको १७ देखि ३२ वडा र अन्य छ पालिकामा लगाइने कार्यक्रम छ । जसमा ठोरी, पकहाँमैनपुर, कालिकामाई, धोबिनी, विन्दवासिनी, छिपहरमाई पालिका र बहुदरमाई नगरपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit