Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बलेफी हाइड्रोपावरको लिलामी सेयर खरिदका लागि आज अन्तिम मौका

बलेफी हाइड्रोपावरको लिलामी सेयर खरिदका लागि आज अन्तिम मौका
विज्ञापन
Advertisement

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको अवितरित हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो। फागुन ५ गतेदेखि खुला गरिएको लिलामी सेयर खरिद प्रक्रियामा इच्छुक लगानीकर्ताले आजभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता तथा सर्वसाधारण समूहअन्तर्गत लक(इन अवधिमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र लक(इन अवधिमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा राखेको हो।

बिक्री गरिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ। अधिकतम सेयर संख्याका लागि भने नियामक निकायका नियमअनुसार मात्र आवेदन दिन सकिनेछ।

बलेफी हाइड्रोपावरको लिलामी सेयर बिक्री प्रक्रिया एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गरिरहेको छ। लगानीकर्ताले काठमाडौंस्थित एनआइएमबि एस क्यापिटलको लाजिम्पाट कार्यालयसहित पोखरा, बुटवल, वीरगंज र विराटनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न तथा बुझाउन सक्नेछन्।

लिलामी प्रक्रियामा भाग लिन इच्छुक लगानीकर्ताका लागि आज अन्तिम मौका भएकाले समयमै बोलपत्र पेश गर्नुपर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit