Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

तीब्र उतारचढाब देखिएको शेयर बजारमा एकल अंकको सुधार

तीब्र उतारचढाब देखिएको शेयर बजारमा एकल अंकको सुधार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बुधबार दिने नेप्से  परिसूचकमा तीब्र उत्तार चढाब आएको छ । सुरुवातमा घटबढ भइरहेको बजारमा बन्दहुँदासम्म दोहोरो अंकले बढेको हो । यो दिन नेप्से परिसूचक ९. ६६ अंकले बढेर २ हजार ६९६.२८ विन्दुमा आइपुगेको हो । लगानीकर्ताहरुमा केही दिनदेखि पर्ख र हेरको अबस्थामा छन् । अब वित्तीय क्षेत्र मध्ये मानिएको राष्ट्र बैंकको गभर्नरमा को आउला भन्ने आम लगानीकर्ताको चासो छ, गभर्नरमा आउने पात्रले पनि बजारलाई केही फरक पार्ने अपेक्षा लगानीकर्ताहरुमा देखिन्छ।

विज्ञापन
Advertisement
Advertisement

बढेको बजारमा यो दिन ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर ४२ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सिइडीबी होल्डिङको ३० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै आजबाट पहिलो कारोबारमा आएको नेपाल माइक्रो इस्न्योरेन्सको शेयर मूल्यमा करिब १० प्रतिशतले सर्किट लागेको छ । बोटलर नेपाल, सोल्टी होटल र न्यादी ग्रुप पावर कम्पनीको शेयर मूल्य ४.१७ प्रतिशत माथिले बढेको छ।

यो दिन सिन्धु विकास बैंक र अपर हेवा खोला हाइड्रो पावर कम्पनीको शेयर मूल्य २.६० प्रतिशतदेखि ८.०५ प्रतिशतसम्मले घटेको छ । यो दिन कारोबारमा आएका १३ वटै उप समूहको सूचक बढेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit