Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

स्वरोजगार लघुवित्तको एफपीओ निष्कासन खुला, कति दिने आवेदन ?

स्वरोजगार लघुवित्तको एफपीओ निष्कासन खुला, कति दिने आवेदन ?
विज्ञापन
Advertisement

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन १८) देखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी तथा बिक्री खुला गरेको छ। संस्थाले १ करोड ९५ लाख ७७ हजार ३०० रुपियाँबराबरको एफपीओ निष्कासन गर्न लागेको हो। स्वरोजगार लघुवित्तले प्रतिशेयर १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्न लागेको हो। यस एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। एफपीओ निष्कासनको अवधि फागुन २१ गतेसम्म तोकिएको छ। यदि सो समयसीमाभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन म्याद चैत ३ गतेसम्म लम्बिन सक्नेछ।

विज्ञापन
Advertisement
Advertisement

एफपीओ निष्कासनपछि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपियाँ पुग्नेछ। यसले कम्पनीको वित्तीय स्थायित्वलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

यस एफपीओ निष्कासनको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले एनएमबि क्यापिटलका साथै सी(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। एफपीओ निष्कासनसँगै स्वरोजगार लघुवित्तले आफ्नो वित्तीय अवस्था सुदृढ गर्दै लगानीकर्ताहरूलाई थप आकर्षक लगानीको अवसर प्रदान गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit