Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हमासले बन्धक रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने ट्रम्पको चेतावनी

हमासले बन्धक रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने ट्रम्पको चेतावनी
विज्ञापन
Advertisement

एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक रिहा गर्न वा ‘नरक’को सामना गर्न तयार रहन चेतावनी दिएका छन् । बुधबार राति उनले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पोस्टमा लेखेका छन्, “सही निर्णय लिनुहोस्। बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्, नत्र पछि यसको परिणाम नरक हुनेछ । गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर यदि तपाईं बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन ।”

सोही पोस्टमा अमेरिकी एक नेताले हमासलाई भनेका छन्, “सबै बन्धक र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू पछि होइन तुरून्तै अहिले नै फिर्ता गर्नुहोस्। यो तपाईंको लागि अन्तिम चेतावनी हो१ हमाससँग अझै पनि अवसर छ त्यो हो यसले अब गाजा छोड्ने समय आएको छ,” पोस्टमा भनिएको छ ।

सोही पोस्टमा इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने सबै सामग्री पठाउँदै गरेको जानकारी दिँदै यदि हमासले अमेरिकाले भनेजस्तो बन्दक र मृतकको शव नबुझाए हमासका कुनै पनि सदस्य सुरक्षित नरहने चेतावनी दिइएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेका मध्ये पाँच जना अमेरिकी पनि रहेको विश्वास गरिएको छ । तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एडान अलेक्जेन्डर जीवितै रहेको बताइएको छ ।

इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि इजरायली बन्धकहरूको आदानप्रदान सहित छ हप्ताको सापेक्षिक शान्तिपछि युद्धविरामको पहिलो चरण गत सप्ताहन्तमा समाप्त भएको थियो। इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।

अमेरिकासँग प्रत्यक्ष वार्ता

हमासका अधिकारीहरूले बुधबार गाजामा बन्धक बनाइएका व्यक्तिलाई मुक्त गर्ने सम्बन्धमा अमेरिकी दूतसँग प्रत्यक्ष वार्ता गरेको बताएका छन्। “हमास र विभिन्न अमेरिकी सञ्चार च्यानलबीच धेरै पटक कुराकानी भएको र पछिल्लो पटक इजरायलका लागि अमेरिकी राजदूतसँग वार्ता भएको छ र अमेरिकी नागरिकता लिएका इजरायली जीवित र मृतक दुवै कैदीको विषयमा छलफल भएको छ,” हमासका एक अधिकारीले नाम नबताउने शर्तमा भनेका छन् । हमासका अन्य वरिष्ठ अधिकारीले ‘हालैका दिनमा दोहामा हमास र अमेरिकी अधिकारीबीच दुई पटक प्रत्यक्ष बैठक भएको पुष्टि गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit