Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ट्रम्पले क्यानडाविरुद्ध सुरु गरेको व्यापार युद्धपछि विदेशमन्त्री रुबियो क्यानामा

ट्रम्पले क्यानडाविरुद्ध सुरु गरेको व्यापार युद्धपछि विदेशमन्त्री रुबियो क्यानामा
विज्ञापन
Advertisement

एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको उच्चस्तरीय भ्रमणमा बुधबार क्यानाडा गएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ट्रम्प राष्ट्रपति बनेपछि छिमेकी क्यानाडासँग अस्तित्वको चुनौतीका रूपमा वर्णन गरिएको व्यापार युद्ध सुरु गरेका थिए ।

आज क्यानडा गएका विदेशमन्त्री रुबियोले क्युबेकको चार्लोभिक्समा विदेशमन्त्रीहरूको जी७ वार्तामा भाग लिनेछन् । त्यहाँ उनले रुसको सन् २०२२ को आक्रमणपछि युक्रेनलाई समर्थन गर्न एकजुट भएका औद्योगिक प्रजातन्त्रहरूको समूहलाई मस्को र किएभ दुवैलाई समझौता गर्न दबाब दिने ट्रम्पको मतलाई समर्थन गर्न जोड दिने गरी योजना बनाउने उल्लेख गरिएको छ ।

रुबियो साउदी बन्दरगाह सहर जेद्दाबाट बुधबार बिहान प्रस्थान गरिसकेका छन् । जेद्दामा एक दिनअघि उनले प्रारम्भिक युद्धविराम योजनाबारे छलफल गर्न शीर्ष युक्रेनी अधिकारीहरूलाई भेटवार्ता गरेका थिए।

अधिकांश अमेरिकी प्रशासनहरूमा राष्ट्रपति र वरिष्ठ अधिकारीहरूले क्यानडालाई पहिलो गन्तव्य बनाउँछन् । तर दोस्रो पटक सत्तामा फर्किएपछि ट्रम्पले कम जनसङ्ख्या भएको क्यानाडालाई संयुक्त राज्य अमेरिकाको ‘५१औँ राज्य’ बन्नुपर्ने भनेर खिसी गर्दै आएका छन् । यसमाथि उनले कर लगाएर क्यानाडालाई आघात पुर्‍याउन बाँकी छाडेका छैनन् ।

क्यानाडा र अन्य अमेरिकी व्यापारिक साझेदारहरूले सबै इस्पात र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाएकै दिन आज रुबियो क्यानाडा गएका हुन् ।
मङ्गलबार ट्रम्पले क्यानाडामा करको दर दोब्बर गर्ने धम्की दिएका थिए । तर सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त ओन्टारियोले तीन अमेरिकी राज्यमा बिजुलीमा लगाएको अतिरिक्त महसुल स्थगित गर्न सहमत भएपछि ट्रम्प पछि हटे ।

रुबिओले क्यानाडाली विदेशमन्त्री मेलानी जोलीसँग भेट्दा सम्भवतः व्यापार तनावबारे छलफल गर्ने बताएका छन्। यद्यपि दुई देश बीचको सम्बन्धमा अझै पनि जी७ सहित ‘साझा चासो’ रहेको रुबिओले उल्लेख गरेका छन् ।

“हामीले मिलेर काम गर्ने कुराहरू अहिले हामी असहमत भएका कुराहरूबाट नकारात्मक रूपमा प्रभावित हुन नदिन सम्भव भएसम्म प्रयास गर्नु हाम्रो दायित्व हो”, रुबिओले साउदी अरेबिया जाँदै गर्दा पत्रकारहरूलाई भनेका छन्।

क्यानडाका निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार देशले आफ्नो दक्षिणी छिमेकीबाट ‘अस्तित्वको चुनौती’ सामना गर्नुपरेको बताएका थिए।

ट्रुडोको उत्तराधिकारी बन्न लागेका मार्क कार्नीले चेतावनी भने, “अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि, हाम्रो देश चाहन्छन् । ”ट्रम्पले ट्रुडोलाई देशको सीमा निर्धारण गर्ने सन् १९०८ देखिको सन्धि संशोधन गर्न चाहेको बताएपछि ट्रुडोको चिन्ता बढेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

तर, यो विषयमा विदेशमन्त्री रुबिओले ट्रम्पले सीमा सन्धिको विषय उठाएका हुन् वा होइनन् भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । यद्यपि उनले जी७ वार्तामा यो विषय उठ्ने अपेक्षा नगरेको जानकारी दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit