images
images
images

शनिश्चरेमा ३५ करोड रुपैयाँ लागतमा निर्माण गरिने पथरी खानेपानी आयोजनाको शिलान्यास

images
images

मोरङ ।  खानेपानीमन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ लाई साकार पार्ने गरी काम गर्नुपर्ने बताएका छन् । उनले ‘एक घर, एक धारा’ अभियानमार्फत सबै नागरिकका घरआँगनमा शुद्ध पेयजल उपलव्ध गराउन सरकार क्रियाशील रहेको उल्लेख गरे।

मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको आज शिलान्यास गर्दै मन्त्री यादवले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रवाह गर्न खानेपानी मन्त्रालय प्रतिबद्ध रहेको भन्दै सम्बद्ध सबै पक्षको सहयोग अपरिहार्य भएको धारणा राखे ।

images
images

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजना ३५ करोड रुपैयाँको लागतमा निर्माण प्रारम्भ भएको बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्