Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बञ्चरेडाँडा ल्यान्डफिल व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

बञ्चरेडाँडा ल्यान्डफिल व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन र फोहर व्यवस्थापनलाई दिगो बनाउन उपत्यकाका अन्य स्थानीय तहसँग वित्तीय साझेदारी गर्ने तयारी गरेको छ। फोहरको भारका आधारमा लागत साझेदारीको अवधारणा अघि सार्दै महानगरले सबै स्थानीय तहको अपनत्व बढाउने लक्ष्य लिएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ल्यान्डफिल साइट, त्यससँग सम्बन्धित पूर्वाधार तथा सामाजिक कार्यक्रमका लागि महानगरले वार्षिक करिब एक अर्ब रुपैयाँ खर्च गर्दै आएको जानकारी दिइन्। उनले स्रोतमै फोहर वर्गीकरण गरेर ल्यान्डफिल साइटमा पुग्ने फोहरको मात्रा घटाउने नीति कार्यान्वयन भइरहेको बताइन्।

महानगरका अनुसार काठमाडौंमा तुलनात्मक रूपमा धेरै फोहर उत्पादन हुने भएकाले कुल खर्चको करिब ५० प्रतिशत वित्तीय जिम्मेवारी आफैं वहन गर्न महानगर तयार छ। बाँकी खर्च फोहर उत्पादनको अनुपातअनुसार अन्य स्थानीय तहले साझेदारी गर्ने अपेक्षा गरिएको छ।

बञ्चरेडाँडाको आयु बढाउन फोहर वर्गीकरण, पुनःप्रयोग र पुनःचक्रीय प्रयोग (रिसाइकल) लाई प्रवर्द्धन गर्ने विषयमा पनि छलफल भएको महानगरले जनाएको छ। हाल काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका स्थानीय तहबाट संकलित फोहर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।

यस विषयमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरासहितका पदाधिकारी र वातावरण व्यवस्थापन विभागका अधिकारीबीच ल्यान्डफिल साइटको आयु बढाउने उपाय तथा आधुनिक प्रविधिको प्रयोगबारे छलफल भएको महानगरपालिकाले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit