
काठमाडौं । जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ ।
समावेशिता र पहुँच प्रबद्र्धन गर्ने उद्देश्यका साथ भारतीय राजदूतावास कल्याण केन्द्र, शोह्रखुट्टेमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस उपलब्ध गराइएको हो ।
उक्त अवसरमा भारतीय राजदूतावासका विशिष्ट अतिथि मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टिभीएस मोटर कम्पनीका प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो । हस्तान्तरण गरिएका यी विशेष स्कुटरहरू मार्फत अपांगता भएका व्यक्तिहरूलाई स्वतन्त्रतापूर्वक आवतजावत गर्ने सहज वातावरण निर्माण हुने दुबै संस्थाको अपेक्षा छ ।
अपांगता भएका व्यक्तिहरूका लागि गतिशिलता ठूलो चुनौती हुने गर्छ । यस पहलले विश्वसनीय, उच्च प्रदर्शन क्षमतायुक्त, सुविधा सम्पन्न स्कुटरहरू प्रदान गरेर उक्त चुनौतीलाई समाधान गर्न केही राहत पुर्याउने उद्देश्यले स्कुटर वितरण गरिएको बताइएको छ ।
टीभीएस एनटर्क, उत्कृष्ट प्रविधि, सहज सञ्चालन प्रणाली र मजबुत डिजाइनका लागि परिचित ब्रान्ड हो । तसर्थ, यो सहयोगले लाभग्राहीहरूका लागि आत्मविश्वासमा वृद्धि गर्नुका साथै दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।
जगदम्बा मोटर्सले सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । भारतीय राजदूतावाससँगको सहकार्यले समावेशी समाज निर्माण गर्ने टिभीएसको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ ।
“हाम्रो मान्यता छ कि गतिशीलता केवल सुविधा मात्र होइन, यो एक मौलिक अधिकार हो। प्रत्येक व्यक्तिलाई, आफ्नो शारीरिक क्षमताको पर्वाह नगरी, हिँडडुल गर्ने, अन्वेषण गर्ने र आफ्नो सपना पुरा गर्ने स्वतन्त्रताको हक छ । आज, हामी अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष रूपले डिजाइन गरिएका स्कूटरहरूको प्रस्ताव गर्ने हाम्रो पहलको सुरुवातसँगै समावेशीता र सशक्तिकरणतर्फ महत्त्वपूर्ण कदम चाल्न पाउँदा गर्वित छौं।” जगदम्बा मोटर्सका कार्यकारी निर्देशक, अखिल गुप्ताले भने ।
यस सहयोगात्मक प्रयासले सामाजिक उत्थानका लागि भविष्यमा पनि यस्ता अभियानहरू सञ्चालन गर्न कम्पनीलाई मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्