images images images
images images images
images
images
images

मौद्रिक नीति समीक्षाले उचालिएको शेयर बजार करेक्सनको बाटोमा, के लगानीकर्ता ‘पर्ख र हेर’को अबस्थामा छन्?

images

 काठमाडाैं । सोमबार मौद्रिक नीति समीक्षा सार्वजनिक भएपछि उचालिएको शेयर बजार लगातार दुईदिन उच्च अंकले करेक्सन भइरहेको छ । करिब ६ महिनापछि २९ सय विन्दु नाघेको बजारले त्यसपछि निरन्तर झरेको हो । अघिल्लो दिन ३०.३६ अंकले करेक्सन भएको बजारमा यो दिन २५.१६ अंकले घटेर २ हजार ८२१.१३ विन्दुमा घटेर निरन्तर पाएको हो ।

मौद्रिक नीतिको समीक्षापछि वाणिज्य बैंकको शेयर मूल्य चम्किए पनि लामो समय टिक्न भने सकेन । समाज लघुवित्त वित्तीय संस्था र गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

images
images

धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०८ कम्पनीको २ करोड ३३ कित्ता शेयर किनबेचहुँदा १० अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ । कम्पनीको ९६ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्सको ९० करोड रुपैयाँको कारोबार भएको छ । यो दिन टेडिङ समूहको बाहेक कारोबारमा आएका १३ समूहमध्ये टे्रडिङ समूहको सूचकबाहेक सबै समूहको सूचक घटेको छ ।

अहिलेको करेक्सनलाई लिएर कतिपयले बुलिशको संकेत समेत भनेका छन् भने कतिपयले बजार दिर्घकालीन नभएको भन्दै लगानी पर्ख र हेरको अबस्थामा देखिन्छन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्