Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

एनएमबि हाइब्रिड फण्ड एल–२ को आवेदन दिन अब दुईदिन बाँकी, कतिसम्म दिन पाइन्छ आवेदन?

एनएमबि हाइब्रिड फण्ड एल–२ को आवेदन दिन अब दुईदिन बाँकी, कतिसम्म दिन पाइन्छ आवेदन?
विज्ञापन
Advertisement

काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल–२ को आवेदन दिन अब दुईदिन बाँकी रहेको छ । गत माघ २४ गतेबाट निष्कासनमा आएको एनएमबि हाइब्रिड फण्ड एल–२ ले १ अर्ब २० करोड रुपैयाँको इकाई बिक्री खुला गरेको हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको छ । एनएमबि हाइब्रिड फण्ड एल–२ दश वर्षे बन्दमुखी योजना हो।

विज्ञापन
Advertisement
Advertisement

फण्डले १४ प्रतिशतले हुन आउने १ करोड ६८ लाख इकाई कोष प्रबर्धक एनएमबि बैंक र १ प्रतिशतले हुन आउने १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखेको छ। बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड २० लाख इकाईमा माघ २८ गतेसम्म आवेदन दिन सक्नेछन्। यस अवधिमा सबै इकाई बिक्री नभए फागुन ८ गत पाँचबजेसम्म आवेदन दिन सकिने छ । आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय तथा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने छ ।
कस्तो छ रेटिङ ?
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि २ रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ ।

नेपाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार करिब दुईबजेसम्ममा ५७ हजार १२० आवेदकले ८८ करोड ८२ लाख रुपैयाँ बराबरको ८ करोड ८८ लाख कित्ता आवेदन दिएका छन् । आवेदन दिन समय अवधि सकिनै लाग्दा यो संख्या अझ बढ्ने सिडिएसले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit