Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

माघ महिना यताकै कम विन्दुमा नेप्से, जलविद्युत, फाइनान्स र विकास बैंकमा भारी गिरावट

माघ महिना यताकै कम विन्दुमा नेप्से, जलविद्युत, फाइनान्स र विकास बैंकमा भारी गिरावट
विज्ञापन
Advertisement

काठमाडाैं । नेप्से सूचक निरन्तर घट्ने कम रोकिएको छैन । अघिल्लो दिन सोमबार ३० अंकले बढेको नेप्से यो दिन पुनः पहिरो गएको छ । यसले लगानीकर्ता झनै आत्तिएका छन् । बजार माघ महिना यताकै कम विन्दुमा आइपुगेको छ । गत माघ १६ गते बिहिबार २५ सय विन्दुबाट उक्लिएको बजार आज घटेर सोही विन्दु अर्थात् माघ महिनाकै २५ सयको विन्दुमा झरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बजार झण्डै ६ सय अंकले झरेको छ। यसले लगानीकर्ताको सम्पती एक खर्बभन्दा बढीले घटेको छ । यो दिन नेप्सेसूचक ५८.०५अंकले घटेर २ हजार ५८८२.७३ विन्दुमा आइपुगेको छ।
यो दिन पाँच अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ भने सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनी रहेको छ । यो दिन सर्वाधिक घट्नेमा पहिलो फाइनान्स, विबास बैंक, र जलविदुत रहेका छन् । यी तीन समूहले ३ प्रतिशतभन्दा घटेका छन् । १३ वटै समूहको सूचक घट्दा २४० वटा कम्पनीले राताप्य भएका छन् भने ४ वटा कम्पनी मात्र सामान्य बढेको छ । बढेका अधिकांश ऋणपत्र मात्र छन् ।

जलविद्युत कम्पनीको शेयर मूल्य घट्नुको पछाडी भने विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउनु एउटा कारण हुन सक्ने लगानीकर्ताहरु बताउँछन् ।सर्वाधिक घट्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था, सिन्धु विकास बैंक,अपरहेवा खोला जलविद्युत कम्पनीको शेयर मूल्य उच्च अंकले घटेको छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit