Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

 व्यावसायिक स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी गर्दै २६ वर्षीय युवा किसान साउद 

 व्यावसायिक स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी गर्दै २६ वर्षीय युवा किसान साउद 
विज्ञापन
Advertisement

घोराही । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको साउदको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैंले हेर्ने गरेको बताउँछन् । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २६ वर्षे साउदले गत वर्ष मात्रै  १८ लाख रुपैयाँ बराबरको स्ट्रबेरीको कारोबार गरेको बताए । “गत वर्ष ११ लाख रुपैयाँ त बचत नै भयो । अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।” उनका अनुसार यस वर्ष हालसम्म चार लाख रुपैयाँभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेको छ ।

साउदले १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गरिरहेका छन् । उनले स्ट्रबेरी प्रतिकिलो खुद्रामा सात सय र थोकमा पाँच सय रुपैयाँमा बिक्री भइरहेको बताए । स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायत ठाउँमा पठाउने गरेको उनले जानकारी दिए ।

किसान साउदले भने, “कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।” परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उनले बताए  । घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कट्ठामा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिक रुपमा स्ट्रबेरीखेती गर्दै आएका छन् ।

स्ट्रबेरी  स्वादिलोसँगै पौष्टिक गुणले पनि राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ ।  “सुरुमा बिरुवा ल्याउँदा, सिँचाइलगायतमा सात लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन ।” उनका अनुसार कूल उत्पादनको ४० प्रतिशत दाङमा मात्रै बिक्री भइरहेको छ ।

उनले भने, “स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येमा पर्छ । आज भोलिको समय राम्रो हुन्छ ।” जिल्लामा पछिल्लो समय व्यावसायिक रूपमा यसको खेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेको उनि बताउँछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit