Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लेबनानमा इजरायलको हवाई आक्रमण, ६जनाको मृत्यु, २८ जना घाइते

लेबनानमा इजरायलको हवाई आक्रमण, ६जनाको मृत्यु, २८ जना घाइते
विज्ञापन
Advertisement

एजेन्सी । पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको लेबनानका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानको टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमण भएको थियो । शनिबार साँझ भएको आक्रमणममा छ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । पूर्वी लेबनानमा भएका आक्रमणहरूमा छ जना घाइते भएको पनि लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ ।

यसैबीच, एक लेबनानी सुरक्षा स्रोतले सिन्ह्वालाई बताएअनुसार इजरायलले शनिबार साँझसम्म १५ वटा हवाई आक्रमण गरेको थियो ।

इजरायली रक्षा बल (आइडीएफ) ले इजरायली वायुसेनाले लेबनानभरि हिजबुल्लाह कमाण्ड सेन्टर, पूर्वाधार स्थल, रकेट लन्चर र हतियार भण्डारण सुविधा विरुद्ध दोस्रो चरणको आक्रमण सुरु गरेको बताएको छ ।

यसले इजरायली नागरिकहरूको सुरक्षाको लागि आवश्यकता अनुसार आक्रमण जारी राख्ने बताएको छ ।

इजरायली रक्षामन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले शनिबार बिहान उत्तरी इजरायलमा प्रहार गरिएको रकेटको प्रतिक्रियामा लेबनानमा दर्जनौं ‘हिजबुल्लाह लक्षित’ विरुद्ध दोस्रो चरणको आक्रमण सुरु गर्न आइडीएफलाई निर्देशन दिएको उल्लेख गरिएको थियो ।

“लेबनानी सरकार आफ्नो भूमिमा हुने हरेक घटनाको लागि जिम्मेवार छ,” विज्ञप्तिमा भनिएको छ । “इजरायलले आफ्ना नागरिक र सार्वभौमसत्तामा कुनै हानि हुन दिनेछैन ।”

शनिबार साँझ इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायली शहर मेतुलातर्फ प्रहार गरिएका रकेटहरूलाई रोकेको बताएको थियो । देशको आपतकालीन सेवाहरूका अनुसार इजरायलमा कुनै हताहतको रिपोर्ट आएको छैन ।

लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायलले शनिबार दिउँसो नै आक्रमणहरुको गरेको जनाएको छ । रिपोर्ट अनुसार, दक्षिणी लेबनानको टुलाइन, कफर मेल्की, म्लेता र वादी अल–हुजेर उपत्यका नजिकैका क्षेत्रहरूमा मिसाइल प्रहार गरेको थियो । टुलाइनमा रहेको एउटा आवासीय भवन ध्वस्त भएको, एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको बताइएको छ ।

आक्रमणपछि जारी गरिएको एक विज्ञप्तिमा, इजरायली सेनाले लेबनानमा रहेको हेजबुल्लाहको पूर्वाधारमा प्रहार गरेको बताएको छ ।

इजरायल र हेजबुल्लाह बीच अमेरिका र फ्रान्सेली मध्यस्थतामा भएको युद्धविरामको बारेमा लामो समयदेखि चलिरहेको घर्षणको बीचमा युद्धविराम नोभेम्बर २७ सन् २०२३ मा लागू भएको थियो ।

युद्धविरामले विवादित लेबनानी क्षेत्रबाट इजरायली फिर्ता हुने कुरा तोकेको थियो, तर इजरायली सेनाले फेब्रुअरी १८ को समयसीमा बितिसक्दा पनि सीमा चौकीहरू कब्जा गरिरहेको लेबनानी अधिकारीहरूले बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit