Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नेपालमा क्रेटा ईभी र नेपालमै बनेको क्रेटा सार्वजनिक,आयात गरिएका क्रेटाको तुलनामा ९ लाख रुपैयाँसम्म सस्तो

नेपालमा क्रेटा ईभी र नेपालमै बनेको क्रेटा सार्वजनिक,आयात गरिएका क्रेटाको तुलनामा ९ लाख रुपैयाँसम्म सस्तो
विज्ञापन
Advertisement

काठमाडौं । हुन्डाईका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी (इलेक्ट्रिक) र नेपालमै बनेको क्रेटा सार्वजनिक गरेको छ। कम्पनीले आज औपचारिक कार्यक्रममार्फत यी दुई गाडी सार्वजनिक गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको पहिलो जेनेरेसन सन् २०१५ बाट उत्पादन तथा बिक्री सुरु भएको थियो। करिब एक दशकको यात्रापछि कम्पनीले यसको विद्युतीय भर्सन पनि ल्याएको छ।

क्रेटा ईभी दुई ब्याट्री प्याक भेरियन्टमा उपलब्ध छ:

  • ४२ किलोवाट-आवर ब्याट्री: ३९० किलोमिटर रेन्ज

  • ५१.४ किलोवाट-आवर ब्याट्री: ४७० किलोमिटर रेन्ज

यसमा ११ किलोवाट फास्ट एसी चार्जिङ, ७५+ एड्भान्स सेफ्टी फिचर, ६ एयरब्याग, फोर डिस्क ब्रेक, ड्राइभ मोड सेलेक्सन (Normal, Eco & Sport), १०.२५ इन्चको मल्टि डिस्प्ले क्लस्टर, भ्वाइस रिकग्निसन, डुअल जोन अटोमेटिक टेम्परेचर कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, भेन्टिलेटेड फ्रन्ट सिट, १७” एयरो एलोय ह्विल लगायतका अत्याधुनिक सुविधाहरू समावेश छन्।

चार्जिङ समय:

  • होम चार्जिङ (१०% – १००%) – ४ घण्टा

  • फास्ट डीसी चार्जिङ (१०% – ८०%) – ५८ मिनेट

मूल्य:

  • ५१ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजार रुपैयाँसम्म

नेपालमै बनेको क्रेटा सार्वजनिक

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै एसेम्बल गरिएको क्रेटा आईसीई (Internal Combustion Engine) सार्वजनिक गरेको छ। यो गाडी नवलपरासीमा रहेको हुन्डाईको एसेम्बल प्लान्टमा उत्पादन भएको हो। यसअघि नेपालमै भेन्यु कार उत्पादन गरिएको थियो भने अब क्रेटा पनि नेपालमै बनेर सार्वजनिक गरिएको छ।

मूल्य:

  • ५३ लाख ९६ हजारदेखि ७८ लाख ९६ हजार रुपैयाँसम्म

नेपालमै बनेको क्रेटा, आयात गरिएका क्रेटाको तुलनामा ९ लाख रुपैयाँसम्म सस्तो पर्ने कम्पनीले जनाएको छ।

नेपालमा नै गाडी उत्पादन गर्ने लक्ष्यसहित अघि बढिरहेको हुन्डाईले नयाँ क्रेटा सार्वजनिक गरेसँगै नेपाली ग्राहकहरूलाई उत्कृष्ट गुणस्तरका गाडी किन्न थप सहज हुने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit