Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

तीन साताका लागि आज बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

तीन साताका लागि आज बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ३० अर्ब रुपैयाँ झिक्ने भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता जम्मा भएसँगै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निरन्तर निक्षेप रकम झिक्दै आइरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले २१ दिनका लागि ३०अर्ब रुपैयाँ तान्न दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलको समय तोकेको छ । बैंक तथा वित्तिय संस्थाहरुले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल रकम आह्वान गर्न सूचनामार्फत जानकारी गराएको छ ।

उक्त रकमको सावाँ तथा ब्याज भुक्तानी बैंकले आगामी असार १ गते उपलब्ध गराउने जानाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

पछिल्लो समय केन्द्रीय बैंकले साताको दुई दिन आइतबार र बुधबार बजारबाट निरन्तर रुपमा तरलता खिच्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit