काठमाडौं । कुमारी बैंकले भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रर्बद्धन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘नेपाल दसैँ अभियान २०२४’ को दुई जना विजेताको नाम घोषणा गरेको छ ।
उक्त अभियान अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्येबाट गोकुल थापा र क्षितिज भट्टराई विजेता बनेका छन् ।
नेपालमा रहेका र भिसा कार्डको प्रयोग गर्ने ‘टप २५’ जना मध्येबाट उनिहरु दुईलाई चयन गरिएको बैंकले जनाएको छ । उनिहरु २ जनाले विदेश भ्रमणको दुईतर्फि हवाई टिकट प्राप्त गरेका छन् ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको जनाएको छ । बैंकले देशभर रहेका ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

















प्रतिक्रिया दिनुहोस्