काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेकूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ ओमोडा ई–५ प्रो सार्वजनिक गरेको छ। नेपालमा १ हजार ५ सयभन्दा बढी युनिट बिक्री भइसकेको ओमोडा ई–५ को सफलतापछि कम्पनीले यसको नयाँ ‘प्रो’ संस्करण बजारमा ल्याएको हो।
नयाँ ओमोडा ई–५ प्रोमा यसमा ५०.७ किलोवाटको ब्याट्री प्याक, ९९ किलोवाटको इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ, जसले ३५० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। नेपालका सडक अनुकूल १९१ एमएमको ग्राउन्ड क्लियरेन्स र १८ इन्चको अलोय ह्विल रहेको यस गाडीमा फ्युचरिस्टिक डिजाइन, इलेक्ट्रिक सनरुफ र फान्तोम विङ टेललाइटहरू रहेको कम्पनीले जनाएको छ।
कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘नयाँ ओमोडा ई– ५ ले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्दछ।’ साथै, चालकको सुरक्षाका लागि १९ भन्दा बढी एडीएएस फिचर र ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली जडान गरिएको छ। गाडीको आधिकारिक मूल्य सिंगल टोनका लागि ५१ लाख ५९ हजार रुपैयाँ र डबल टोनका लागि ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
लन्चिङको अवसरमा कम्पनीले पहिलो ५० जना ग्राहकका लागि ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य र एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स दिने घोषणा गरेको छ। यो गाडी देशभरका ओमोडा एन्ड ज्याकू शोरुमहरूमा बुकिङका लागि उपलब्ध भइसकेको छ।

















प्रतिक्रिया दिनुहोस्