images images images
images images images
images
images
images

होण्डाद्वारा दुई अत्याधुनिक प्रिमियम सर्भिस सेन्टर सञ्चालनमा, ६ वटा नयाँ केन्द्र विस्तार गर्ने

images

काठमाडौं । नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता, पद्म ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले प्रिमियम सर्भिस सेन्टरहरूको सेवा विस्तार गरेको छ ।

आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने पहलअन्तर्गत कम्पनीले काठमाडौंको त्रिपुरेश्वर र कान्तिपथमा दुईवटा अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले देशभर होण्डाका ग्राहकहरूलाई अझ सहज र गुणस्तरीय सेवा पुऱ्याउन पहिलो चरणमा यही वर्ष ६ वटा अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याउने योजना समेत सार्वजनिक गरेको छ । हालै उद्घाटन गरिएका केन्द्रहरूमध्ये त्रिपुरेश्वरको शाखा साविकको टेकुबाट स्थानान्तरण गरिएको हो भने अर्को केन्द्र कान्तिपथस्थित ज्योति भवनमा रहेको कम्पनीले जनाएको छ ।

images
images

प्रिमियम मूल्यमा गुणस्तरीय सेवा

स्याकार ट्रेडिङले आफ्ना ग्राहकहरूका लागी प्रिमियम सर्भिसको नयाँ अवधारणा अगाडि सारेको छ । यस अन्तर्गत ग्राहकले कुनै अतिरिक्त शुल्क बिना नै उच्चस्तरीय र आधुनिक सेवाको अनुभव लिन पाउनेछन् । कम्पनीले ‘कस्टमर फर्स्ट’ (ग्राहक पहिलो) को नीतिलाई प्राथमिकता दिँदै सम्पूर्ण सेवा प्रक्रियालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाएको दाबी गरेको छ । सेवाका मुख्य विशेषताहरूनयाँ प्रिमियम सर्भिस सेन्टरहरूमा थ्रीएस सुविधा उपलब्ध हुने जनाइएको छ । जसअन्र्तगत ग्राहकहरुले शोरुम, सर्भिस र जेन्युन पार्ट्सको उपलब्धता एकै छानामुनि पाउनेछन् ।

स्याकार ट्रेडिङले आगामी दिनमा देशव्यापी रूपमा आफ्नो सञ्जाल थप सुदृढ बनाउँदै लैजाने र ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्