Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु : ट्रम्प

समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु : ट्रम्प
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ५ को समयसीमाअघि नै टिकटकको चिनियाँ मालिक बाइटडान्सले लोकप्रिय छोटो भिडियो एप बेच्ने वा संयुक्त राज्य अमेरिकामा एपमाथि प्रतिबन्ध लगाइनेबारे सम्झौता गर्न विश्वस्त भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

“हामीसँग धेरै सम्भावित खरिदकर्ताहरू छन् । टिकटकमा ठूलो चासो छ”, ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूलाई आइतबार भने, “हामीसँग टिकटक किन्न चाहने धेरै मानिस छन् । हामी चीनसँग पनि यसबारे कुराकानी गरिरहेका छौँ किनभने उनीहरूको यससँग केही सम्बन्ध हुनसक्छ, म टिकटक जीवित रहेको हेर्न चाहन्छु ।”

सत्र करोड प्रयोगकर्ता रहेको यो प्लेटफर्म अधिग्रहण गर्न इच्छुक चार समूहसँग यस महिना अमेरिकाले वार्ता गरिरहेको ट्रम्पले जानकारी दिए ।

बेइजिङले अमेरिकीहरूको जासुसी गर्न वा अमेरिकी जनमतलाई गोप्य रूपमा प्रभाव पार्न एपको दुरुपयोग गर्न सक्छ भन्ने चिन्तालाई लिएर लागु गरिएको अमेरिकी कानूनले टिकटकलाई बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्यमा प्रतिबन्ध लगाउन आदेश दिएको छ ।
अप्रिल ५ सम्ममा समाप्त हुने तय गरिएको छ ।

“सम्झौता नभएमा के तपाईं म्याद थप्नुहुन्छ?” भन्ने प्रश्नमा ट्रम्पले भने, “टिकटकसँग सम्झौता हुनेछ, म निश्चित छु ।”

ट्रम्पले आफ्नो पहिलो ह्वाइट हाउस कार्यकालमा राष्ट्रिय सुरक्षा चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए, तर अहिले यसप्रति उनि सकारात्मक देखिन्छन् ।

“स्वार्थका साथ भन्नुपर्दा मैले ३६ अङ्कले युवा मत जितेको छु । रिपब्लिकनहरूले सामान्यतया युवा समूहसँग धेरै राम्रो प्रदर्शन गर्दैनन् र मलाई लाग्छ यसको धेरै भाग टिकटकका कारण हुन सक्छ”,उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit