images images images
images images images
images
images
images

आगामी आवको अन्त्यसम्म प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्छौ : मन्त्री गुरुङ

images

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई क्षेत्रीय आइटी हबका रुपमा विकास गर्न सकिने धारणा राखेका छन् ।

एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज काठमाडौंम आयोजित ३४औँ मिटिङ अफ द एपिटी वायरलेस ग्रुपको कार्यक्रममा उनले यसका लागि मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

images
images

आइटी हबको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी नीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्ने योजना रहेको सुनाए । “आगामी आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार र मुलुकका प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्छौ”, उनले भने ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले प्रभावकारी सञ्चार आर्थिक वृद्धि, अन्तरआबद्धता र नवीनताका लागि जरुरी भएको बताए । “वायरलेस प्रविधि नेपाल जस्तो पहाडी र हिमाली देशका लागि वरदान हो । सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको सम्भावना भएका क्षेत्रलाई एकीकृत गर्ने समय आएको छ।” उनले भने ।

यस्तै उनले नेपाललाई क्षेत्रीय आइटी केन्द्रका रुपमा विकास गर्न एपिटीसँग सहकार्य जरुरी भएको एवं नेपाल डिजिटाइजेसनलाई बढावा दिन, स्पेक्ट्रम दक्षता प्रवद्र्धन गर्न र नयाँ पुस्ताको सञ्चार प्रविधि अँगाल्न सरकार तयार रहेको बताए । कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालले सूचना प्रविधिको विस्तार तथा विकासमा फड्को मार्दै गइरहेको बताइन् । उनले यसका लागि मन्त्रालयले काम गरिरहेको धारणा राखिन ।

एपिटीका महासचिव मासानोरी कोन्डोले स्पेक्ट्रम हार्मोनाइजेनस, रेडियो कम्युनिकेशन र यसका बहुराष्ट्रिय प्रभावबारे छलफलका लागि यो एक सशक्त समूह रहेको बताए । उनले ती विषयमा १२ वटा सिफारिस र १८४ वटा प्रतिवेदन तयार भइसकेको जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्