Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकार शिक्षकहरुको आन्दोलनप्रति गम्भीर बन : एन–प्याब्सन

सरकार शिक्षकहरुको आन्दोलनप्रति गम्भीर बन : एन–प्याब्सन
विज्ञापन
Advertisement

काठमाडौं।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

विज्ञापन
Advertisement
Advertisement

शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडकखण्डमा निरन्तर जारी आन्दोलनले विद्यालय शिक्षामा असर पारिरहेको भन्दै एन–प्याब्सनले शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै पक्षलाई आन्दोलनप्रति गम्भीर बन्न आग्रह गरेको हो।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, सेवा सुरक्षा सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन चर्काएका छन्। यसका कारण सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प भएको र त्यसले विद्यार्थीहरूको सिकाइमा दीर्घकालीन असर पार्न सक्ने भन्दै एन–प्याब्सनले विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको छ। संगठनले यस्तो अवस्था नेपालको समग्र शैक्षिक विकासका लागि प्रतिकूल भएको उल्लेख छ ।

एन–प्याब्सनका अध्यक्ष गीत राणा क्षेत्रीले जारी गरेको विज्ञप्तिमा शिक्षकमाथिको कुनै अवहेलना स्वीकार्य नहुने जनाउँदै जायज मागहरूबारे गम्भीर छलफल र वार्ताबाट समाधान खोजिनुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सरकारले आन्दोलनरत शिक्षकहरुसँग तत्काल संवादको वातावरण बनाई विद्यामान समस्याहरुको समाधान गर्न इच्क्षाशक्ति देखाउनु आवश्यक छ ।’

यस्तै, सबै सरोकारवाला पक्षहरूलाई संयमित, जिम्मेवार र समाधानमुखी दृष्टिकोण अवलम्बन गर्न समेत अपिल गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit