Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८१ हजार रुपैयाँ नाध्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८१ हजार रुपैयाँ नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ एकैदिन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर पुराना रेकर्ड ब्रेक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँको नयाँ रेकर्ड कायम भएको हो। बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि चैत्र २१ गते सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि क्रमश घट्दै गएको सुन आज एकैदिन ५७ सय रुपैयाँले उकालो लागेको छ ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit