Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

सरकारले एक महिनामै दुईपटक बढायो सार्वजनिक सवारी साधनको भाडा

सरकारले एक महिनामै दुईपटक बढायो सार्वजनिक सवारी साधनको भाडा
विज्ञापन
Advertisement

 काठमाडाैं । सरकारले एक महिनामै बुधबार दोस्रो पटक सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। सरकारले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडामा पुनः वृद्धि भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको निर्देशन र मन्त्रालयको सैद्धान्तिक सहमतिपछि विभागले नयाँ भाडादर लागू गरेको  उल्लेख गरेको छ। विभागका अनुसार यात्रुवाहक सवारी, पहाडी तथा तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी सबैमा ५ प्रतिशतले आजै रातीदेखि लागू हुने गरी भाडा वृद्धि गरिएको छ।

भाडा वृद्धिको मुख्य कारण डिजेलको मूल्यमा भएको भारी वृद्धि हो। यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा गत वैशाख ३ गते ५५ रुपैयाँले वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा कायम भएको थियो। इन्धनको मूल्यमा एकैपटक ३०.४१ प्रतिशतले वृद्धि भएपछि विभागले भाडा समायोजन गर्नुपरेको जनाएको छ।

वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले थपघट भएमा स्वचालित रूपमा भाडा समायोजन गर्ने व्यवस्था छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit