काठमाडौं । प्रसिद्ध एक्सेसरिज ब्रान्ड म्याकडोडोले नेपाली बजारमा पाँचवटा नयाँ उत्कृष्ट प्रोडक्टहरु सार्वजनिक गरेको छ । म्याकडोडोले नेपाली बजारमा CH-4110 स्मार्ट चार्जर , CH-4020/4021 पोर्टेबल फास्ट चार्जर, HP-4490 इयरबड,HP-1440 हेडफोन तथा BS-1410 वायरलेस स्पीकर सार्वजनिक गरेको हो ।
म्याकडोडोको CH-4110 मोडलको स्मार्ट चार्जरमा लचिलो केबल भएकाले सजिलै फोन चार्ज गर्न सकिन्छ । यसमा GaN टेक्नोलोजीको प्रयोग गरिएको छ जसले गर्दा फोन छिटो र सुरक्षित तरिकाले चार्ज हुन्छ । साथै, तापक्रम नियन्त्रण गर्नुका साथै एन्टी इन्टरफेरेन्स र सर्ट सर्किट प्रोटेक्सन सुविधा पनि छ । यो आकर्षक चार्जरको मुल्य ६१०० रुपैयाँ रहेको छ ।
म्याकडोडोको CH-4020/4021 पोर्टेबल फास्ट चार्जरमा २० वाटको 1C फास्ट चार्जिङ टेक्नोलोजी रहेको छ जसले आईफोन ८ देखि १४ सिरिजसम्मका आईफोनहरुलाई ४ गुणासम्म छिटो चार्ज गर्ने कम्पनीले जनाएको छ । सेतो र कालो गरी दुई कलर अप्सनमा उपलब्ध यो चार्जरको मूल्य २१०० रुपैयाँ पर्छ ।
यस्तै, म्याकडोडोले HP-4490 मोडलको स्लीप मोड इयरबड पनि सार्वजनिक गरेको छ । अल्ट्रा–थिन डिजाइनमा उपलब्ध उक्त इयरबड विशेष गरी निदाउँदा पनि लगाउन मिल्ने गरी बनाइएको कम्पनीको भनाइ छ । यसमा ६ घण्टाको प्लेब्याक टाइम रहेको छ । चार्जिङ केसको प्लेब्याक टाइम २१ घण्टा रहेको छ । यसमा १ वर्षको वारेन्टी रहेको यसो मुल्य ३४०० रुपैयाँ तोकिएको छ ।
म्याकडोडोको HP-1440 हेडफोनमा एक्टिभ न्वाइज क्यानसीलेशन टेक्नोलोजी रहेकाले उत्कृष्ट म्यूजिक वा गेमिङको आनन्द लिन सकिन्छ । यसमा ६० देखि ७० घण्टा सम्म ब्याट्री टिक्ने बताइएको छ । एक्टिभ न्वाइज क्यानसीलेशन मोडको टाइम ३० देखि ३५ घण्टा छ । साथै यसमा वायरलेस कनेन्टिभिटीका लागी ब्लूटुथ ५.३ छ भने स्टेबल कनेक्शन रुचाउनेका लागि वायर्ड अप्सनमा पनि उपलब्ध छ । उक्त हेडफोनमा एलईडी डिस्प्ले, भोल्युम कन्ट्रोल तथा IPX-3 वाटरप्रूफ स्ट्यान्डर रहेको छ । १ वर्षको वारेन्टी रहेको हेडफोनको ६५०० रुपैयाँ मुल्य तोकिएको छ ।
म्याकडोडोले BS-1410 मोडलका पोर्टेबल वायरलेस स्पीकर पनि सार्वजनिक गरेको छ । IPX4 वाटरप्रूफ, ह्याङ्गिङ स्ट्याप, डायाफाम, डुअल 5W स्पीकर, ५.१ ब्लूटुथ, १२०० एमएएच लगायतका विशेषताहरु वायरलेस स्पीकरमा रहेको छ । यसमा पनि १ वर्षको वारेन्टी छ । यसको मूलय ५४०० रुपैयाँ रहेको छ ।
म्याकडोडोले नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि १० गतेसम्म यी पाँचवटै नयाँ प्रोडक्टहरुमा १०% छुट प्रदान गर्ने जनाएको छ । ग्राहकले देशभर रहेका विभिन्न खुद्रा बिक्रेता पसल, अनलाइन मार्केटप्लेस दराज तथा खल्ती एपबाट एमसीडोडोका एक्सेसरिज सजिलै खरिद गर्न सक्नेछन् । नेपालका लागि उक्त ब्रान्डको आधिकारिक विक्रेता एडुटेक इन्टरनेसनल प्रा.लि.रहेको छ ।

















प्रतिक्रिया दिनुहोस्