काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र सिन्धुपाल्चोकस्थित भोटेकोशी हेली रिसोर्ट एण्ड स्पाबीच विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
भोटेकोशीको रमणीय प्राकृतिक सौन्दर्यमा रमाउँदै घुम्न जानेहरुलाई उक्त रिसोर्टसँग बैंकले गरेको सहकार्यबाट बैंकका कर्मचारी र ग्राहकले बिल रकमको १५ प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकले आगामी दिनहरुमा पनि ग्राहक लक्षित सेवा प्रदान गर्ने तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको कार्यक्रमलाई थप परिस्कृत र विस्तार गर्दै लैजनाने जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्