Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा रमाउँदै

विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा रमाउँदै
विज्ञापन
Advertisement

घोराही (दाङ) । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाएका युवाहरू गाउँ फर्किएर पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् ।

दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रापालन व्यवसायबाट सन्तृष्ट रहेको बताउँछन् । जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतित गरेका फर्किएका हुन् ।

किसान जनक विदेशबाट आएर बाख्रापालन व्यवसाय सुुरु गरेको र राम्रो आम्दानी गर्दै आएको बताउछन् । उनले भने, “वार्षिक रूपमा बाख्राको बिक्रीबाट एक वर्षमा १० लाख आम्दानी हुन्छ ।” तर बाख्राको दानापानी, औषधिलगायतमा खर्च हुने हुँदा त्यति धेरै बचत गर्न सकिएको छैन । “अरुको देशमा बसेर सोचेजस्तो कमाई गर्न नसकिएको हुँदा अहिले आफ्नै देशमा बाख्रापालन व्यवसायबाट सन्तुष्ट छौँ ।” भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने सोच उनको छ ।

फार्ममा हाल ७५ वटा बोयर, खरी र लोकल जातका बाख्रा छन् । दुई बिघा जग्गा भाडामा लिएर बाख्रापालन गर्दै आएका अर्का किसान मनबहादुर बुढा पनि बाबुबाजेले गरेको पेसा पशुपालन भएकाले यही नै उत्तम व्यवसाय लागेको उनको भनाइ छ ।

घाँसका लागि समस्या नहुने उनी बताउछन् । गत वर्ष मात्रै ५४ वटा बाख्रा रोग लागेर मरेका कारण दुई लाख ५० बढी घाटा भएको उनले सुनाए । तर यही व्यवसायलाई निरन्तरता दिँदै जाँदा सफल हुँदै जानेमा उनिहरू आशावादी देखिन्छन्। एउटा खसीलाई ५४ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले सुनाए । फार्ममा धेरै काम भएका बेला घरपरिवारले पनि सहयोग गर्ने भएको हुँदा अन्य कामदारको आवश्यक नपर्ने गरेको मनबहादुर बताउछन् । सुरुमा आठवटा बाख्राबाट सुरु गरेको व्यवसाय हाल भने बढ्दै गएको छ ।

पछिल्लो समय जिल्लामा व्यावसायिक रूपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो छ । बाख्राको बजार मूल्य राम्रो भएपछि किसान व्यवसायमा आकर्षित भएका हुन् । किसानले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घर खर्च चलाउने गरेका छन् ।

विशेषगरी गाउँघरमा किसानले घरमा दुई–चारवटा माउबाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घर खर्च र केही रकम बचत गर्न थालेका छन् । जसले गर्दा दुई–चार रुपैयाँको समस्या बाख्रापालन व्यवसायले टर्ने गरेको किसान बताउँछन् । बाख्रापालन व्यवसायमा बजारीकरणको समस्या नहुने भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिने किसानको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit