Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पाखो बारीबाट सुरु भएको मीनाको यात्रा आत्मनिर्भरता सम्म

पाखो बारीबाट सुरु भएको मीनाको यात्रा आत्मनिर्भरता सम्म
विज्ञापन
Advertisement

काठमाडाैं । गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला ११ वर्षदेखि सात रोपनी भाडाको जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेकी छन्। खेतबारीमै व्यस्त रहने कोइरालाले मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्रीबाट वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गर्छिन्। ‘११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती सुरु गरेकी थिएँ, अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु’, उनले सुनाइन्। सिँचाइ अभाव र बाँदरको सताइका बीच पनि उनले खेतीपाती छाडेकी छैनन्।

विज्ञापन
Advertisement
Advertisement

श्रीमान् दुबईमा रोजगारीमा रहेका र दुई छोरी तथा एक छोराको जिम्मेवारी सम्हाल्दै आएकी मीनाले आफ्नै आम्दानीले सबै खर्च धानिरहेकी छन्। ‘मेरो कमाइले छोराछोरी पढाउन, घरखर्च चलाउन पुग्छ, अहिलेसम्म अरूसँग हात फैलाउनु परेको छैन’, उनले बताइन्।

हाल उनको बारीमा ढकमक्क बन्दागोभी फलेको छ भने काँक्रो, करेला र खुर्सानी गोड्ने तयारीमा छिन्। विषादी प्रयोग नगर्ने उनी प्याजको बीउ पनि उत्पादन गर्छिन्।

मीना कोइरालाको मेहनतले गाउँमा अरू महिलालाई पनि कृषि व्यवसायतर्फ प्रेरणा मिलेको छ। उनले भनिन्, ‘महिलाले पनि केही न केही पेसा गरे श्रीमान्को कमाइमा भर पर्नु पर्दैन।’ हालसम्म कुनै सरकारी अनुदान नलिएकी मीनाले आफ्नै सामर्थ्यमा काम गर्दै आएको बताइन्। गोरखा बजारमै तरकारी बिक्री हुने भएकाले बजारको समस्या नभएको उनी बताउँछिन्।

गोरखा नगरपालिका–७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मीना कोइराला जस्ता परिश्रमी महिलालाई वडाबाट प्रोत्साहन दिइँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit