Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक, वैशाखमै तेस्रोपटक तरलता व्यवस्थापन

बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक, वैशाखमै तेस्रोपटक तरलता व्यवस्थापन
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न आज ३५ अर्ब रुपैयाँ तान्न लागेको छ। केन्द्रीय बैंकले दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत निक्षेप संकलन गर्न लागेको जानकारी दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणफलमा प्रस्ताव पेश गर्न सक्नेछन्। बोलकबोल बहु ब्याजदरमा गरिनेछ र बहु बोलकबोल पेश गर्न मिल्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार यो २१ दिने निक्षेप संकलन उपकरण हो, जसको साँवा र ब्याज वैशाख ३१ गते भुक्तानी गरिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। वैशाख महिनामा यो तेस्रो पटक राष्ट्र बैंकले तरलता तानेको हो। यसअघि वैशाख ३ गते र ७ गते गरी कुल ३० अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीबाट तानिएको थियो। केन्द्रीय बैंकको यस्तो कदमले बजारमा देखिएको अतिरिक्त तरलता घटाउने उद्देश्य राखेको बताइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit