images images images
images images images
images
images
images

सुनचाँदीको मूल्यमा वृद्धि , कतिमा हुँदैछ आज कारोबार?

images

काठमाडौं ।  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबार ७ हजार ५ सय रुपैयाँले घटेको सुन आज २ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ।

images
images

मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो। बुधबार एकैदिन ७ हजार ५ सय रुपैयाँले घट्दा प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको भाउ पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी तोलाको १ हजार ९६५ रुपैयाँ कायम भएको थियो।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्