Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चालु खर्च बढ्यो, आर्थिक चुनौतिको सामना गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प छैनः कांग्रेस

चालु खर्च बढ्यो, आर्थिक चुनौतिको सामना गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प छैनः कांग्रेस
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसले नेपालले वैदेशिक अनुदानमा धेरै आशा गर्ने ठाउँ नरहेको प्रस्ट पारेको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार संघीय संसद्को छैठौं अधिवेशनमा दलको तर्फबाट बोलेका कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विश्वका नागरिकले तिरेको कर उनिहरुकै हितमा खर्च गर्नुपर्ने मान्यता विकसित भएको उल्लेख गर्दै नेपालमा अब वैदेशिक अनुदान धेरै नआउने बताए ।

‘विश्वमा सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको अवस्थामा हामीले पनि वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन’ घिमिरेले भने ।

यस्तै, घिमिरेले देशमा दुई तिहाइको सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन नसकेको स्वीकार गरे । तर त्यसमा कुनै एक दल वा वर्तमान सरकारलाई दोष दिने ठाउँ नभएको तर्क उनको छ । उनले भने, ‘हामी चुनौतीमुक्त छौनौ, ह्वात्तै बढेको चालु खर्च, त्यस अनुपातमा बढ्न नसकेको राजस्व, माग अनुसार अत्यन्तै न्यून रोजगारीको अवस्था, अपेक्षित मात्रामा बढ्न नसकेको जिडिपी, समग्रमा हामीले जुन ढंगले अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्थ्यो त्यो नसकेकै हो ।’ उनले भने, ‘तर, त्यसका लागि कुनै एक राजनीतिक शक्ति वा नौ महिना अघि बनेको वर्तमान सरकारलाई दोष दिने ठाउँ छैन । यसमा नयाँ कानून निर्माणमा भएको ढिलाई, शुसाशनको मार्गमा बढाउन नसकेको गती यी सबै कराहरु जिम्मेवमर छन् ।’

जिडिपीको ४०र ४२ प्रतिशत ऋण भार हुँदैमा आतिनुपर्ने अवस्था नरहेको भन्दै उनले थप भने, ‘तर त्यो ऋण कति प्रतिफल युक्त आयोजनामा खर्च भयो महत्वपूर्ण हुन्छ ।’ यस्तै, उनले देशमा रोजगारी सिर्जना गरी, अर्थतन्त्र चलायमान गर्न निजी क्षेत्रसँग मिलेर आर्थिक चुनौतिको सामना गर्नुको विकल्प नभएको बताए ।

घिमिरेले भने, ‘कमजोर जिडिपीका कारण राजस्व वृद्धिमा तत्काल ठूलो परिवर्तन सम्भव देखिदैन । त्यसैले चालु खर्च नियन्त्रण गर्दै निजी क्षेत्रको सहभागीतामा देशको आर्थिक चुनौतिहरुको सामना गर्नुको विकल्प छैन ।’

कृषि उद्योग र जलस्रोत क्षेत्रमा दुई छिमेकी चीन र भारतबाट लाभ लिनुपर्नेमा जोड दिएका उनले नेपालले सम्भावना भएपनि लिन सक्नेजति लाभ उठाउन नसकेको बताए । पर्यटन क्षेत्रमा दुई राष्ट्रका पर्यटकलाई महत्व दिनुपर्नेमा जोड दिँदै उनले भने,‘ यी मानव सागरबाट हामीले पर्यटनमा लाभ लिन सक्छौं।’

ठूला परियोजना नेपालमा अन्तराष्ट्रिय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिएका उनले नेपालमा केही पनि विकास भएको छैन भन्ने भाष्य गलत रहेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit