Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दराजको नयाँ अप्शन ‘च्वाइस’, उपभोक्तालाई गुणस्तरीय सेवा र छिटो डेलिभरी

दराजको नयाँ अप्शन ‘च्वाइस’, उपभोक्तालाई गुणस्तरीय सेवा र छिटो डेलिभरी
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालको अग्रणी अनलाइन बजार दराज नेपालले नयाँ सेवा ‘च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ। यस सेवामार्फत उपभोक्ताहरूले १३० रूपैयाँ देखि सुरु हुने मूल्यमा १,००० भन्दा बढी टप–रेटेड ब्रान्डेड उत्पादनहरू खरिद गर्न सक्नेछन्।

विज्ञापन
Advertisement
Advertisement

‘च्वाइस’ले एकै कार्ट र एकै वेयरहाउस प्रणालीमार्फत सहज किनमेल, १–३ दिनभित्र द्रुत डेलिभरी, तीन वा सोभन्दा बढी सामग्रीमा फ्रि डेलिभरी तथा चार वा बढी सामग्री खरिद गर्दा फ्रि गिफ्टको सुविधा दिनेछ। साथै, १४ दिनसम्मको झन्झटरहित फिर्ता नीति र ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्याश सेल्स’ जस्ता अफर पनि उपलब्ध हुनेछन्।

यो सुविधा दराजको ‘पे डे सेल’ ९अप्रिल २५–२९० संगै सुरु हुनेछ। ग्राहकहरूले दराज एपको होमपेज वा “च्वाइस” सर्च फिल्टरमार्फत सेवा उपयोग गर्न सक्नेछन्। दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भने ‘गुणस्तरीय सेवा, उपयुक्त मूल्य र सहज डेलिभरीमार्फत ग्राहक अनुभव समृद्ध बनाउँदै दराजले बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदैछ।

दराज ग्लोबलका हेड अफ च्वाइस, जिआंग हान एडेलाले ‘च्वाइस’ले ग्राहक र बिक्रेता दुबैका लागि दीर्घकालीन लाभ दिने विश्वास व्यक्त गरे।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit